शान्ति सम्झौता टुङयाउने कानुनी व्यवस्था तत्काल गर्न सरकारसँग प्रधानमन्त्री प्रचण्डको माग

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वको माओवादी केन्द्रसहित माओवादी नाम जोडिएका आठ पार्टीले विस्तृत शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने घोषणा गरेका छन् । उनीहरुले शान्ति सम्झौतालाई टुंगोमा पुर्याउन आवश्यक कानुनी र संस्थागत व्यवस्था गर्न सरकारसँग मागसमेत गरेका छन् । सरकारसँग यस्तो माग गर्नेका हस्ताक्षरकर्तामा प्रधानमन्त्री प्रचण्डसमेत छन् । प्रधानमन्त्री प्रचण्डविरुद्ध द्वन्द्वकालीन घटनाको मुद्दा दर्ता गर्न…