बेपत्ता छानबिनसम्बन्धी संशोधन विधेयक अघि बढाउने सहमति

काठमाडौँ, २१ भदौ (रासस) - बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई अघि बढाउने विषयमा दलहरुबीच सहमति भएको छ । कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा संशोधन विधेयकलाई अघि बढाउने निर्णय भएको सभापति कृष्णभक्त पोखरेलले बताउनुभयो । सरोकारवाला पक्ष र अन्य सङ्घ संस्थाको राय, सुझाव,…