नवनिर्वाचित एन्फा अध्यक्ष नेम्वाङद्वारा पदभार ग्रहण

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का नवनिर्वाचित पदाधिकारीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सङ्घका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यले शपथ लिनुभएको हो । एन्फा निर्वाचन कमिटीको संयोजक श्रीराम दवाडीले नवनिर्वाचित अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित पदाधिकारीलाई शपथ गराउनुभएको हो । शपथ ग्रहणको कार्यक्रम सकिएलगतै नवनियुक्त अध्यक्ष नेम्वाङले आजै पदभार ग्रहण गर्नुभयो…