राष्ट्रसंघीय महासचिवको भ्रमणकै बेला रुसद्वारा किभमा क्षेप्यास्त्र प्रहार



वैशाख १६- संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरस युक्रेनको राजधानी किभकै भ्रमणमा रहेको बेला रुसले एक २५ तले भवनलाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको छ ।

घटनास्थलमा रहेका आन्तरिक मामिला सल्लाहकार एन्टोन हेरासचेन्कोले क्रुज क्षेप्यास्त्रको इन्जिनको तस्बिरलाई पोस्ट गर्दै क्राइमियाबाट प्रहार गरिएको दाबी गरेका हुन् ।

रुसको उक्त हमलामा कैयौ मानिस घाइते भएको बीबीसीले जनाएको छ । हमला पस्चात गुटेरसले रुसको उक्त हमलाले आफूलाई स्तब्ध बनाएको प्रतिक्रिया दिएका छ्न् भने युक्रेनी राष्ट्रपति जेलेन्स्कीले उक्त आक्रमणले विश्व सङ्गठनप्रतिको रुसी वास्तविक धारणालाई उजागर गरेको र त्यसप्रति कडा प्रतिवाद हुनु आवश्यक रहेको बताएका छन्।

यसैगरी गुटेरसले संयुक्त राष्ट्र संघ जारी युद्ध रोक्न वा अन्त्य गर्न असफल भएको पनि टिप्पणी गरेका छन् । राष्ट्रसंघको सुरक्षा परिषद्‌मा १५ सदस्य राष्ट्र छन् र उक्त परिषद्को मुख्य जिम्मेवारीनै विश्वमा शान्ती स्थापना गर्ने रहेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ११ : ३८ बजे