प्रहरीका पाँच डिआइजी एआइजी बढुवाका लागि सिफारिस



रासस, जेठ ९ – नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले डिआइजी उत्तमराज सुवेदी, अरुणकुमार विसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्य–सचिव एवं प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ४ : ४० बजे