भारतमा बस दुर्घटना हुँदा तीन नेपालीसहित चारको मृत्यु



भारतको गुजरातबाट लखनउतर्फ आइरहेको एक बस दुर्घटना हुँदा तीन नेपालीसहित चारको मृत्यु भएको छ ।
पुस २३ गते राति भएको लखनउभन्दा करिब १५ किलोमिटर टाढा दुर्घटना भएको थियो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार मृत्यु भएका तीन जना कैलाली टीकापुरका हुन् । उनीहरुको परिचय भने खुल्न बाँकी छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले पनि तीन जना नेपाली र एक जना भारतीय चालक गरी चार जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । अन्य १७ जना घाइते भएका छन् ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  १० : ५४ बजे