प्रधानमन्त्री भन्छन्– मन्त्रालय भागवण्डा आजै टुग्याउँदैछौं



काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयको भागवण्डा आजै टुंगिने बताएका छन् । मन्त्रालय भागवण्डा टुँगिएपछि मन्त्रिपरिषद् विस्तार हुने उनले बताएका हुन् ।
प्रमुख सत्ता साझेदार एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार विहान ओली निवास बालकोटमा लामो छलफलपछि प्रधानमन्त्रीले सत्ता साझेदारवीच मन्त्रालय भागबण्डा आजै टुंगिने गरि छलफल भइरहेको बताएका हुन् ।
उनले बालकोटबाट बाहिरिँदै गर्दा भने, ‘मन्त्रिपरिषदको भागवण्डा प्रचण्डले आजै टुंगिन्छ ।’ सभामुख र राष्ट्रिपतिका विषयमा भने विश्वासको मत दिन सबै पार्टीसँग मंगलबार छलफल हुने उनले बताए ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ५ : ५४ बजे