एमाले अध्यक्ष ओलीसँग चिनियाँ राजदूतको भेट



नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले आज शिष्टाचार भेट गर्नुभएको छ । ओली निवास बालकोटमा उहाँहरूबीच भएको भेटमा नेपाल र चीनको हित र चासोका विविध पक्षबारे छलफल भएको ओलीको सचिवालयले जानकारी दिएको छ ।

राजदूत सोङले केही दिनअघि ओहोदाको प्रमाणपत्र ग्रहण गरेसँगै आफ्नो भेटघाट बढाउनुभएको हो ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ९ : ०५ बजे