सर्वोच्चले दिएन अन्तरिम आदेश, प्रचण्डका नाममा कारण देखाउ आदेश जारी



काठमाडौं– सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका नाममा कारण देखाउ आदेश जारी गरेको छ । उनीविरुद्ध दायर मुद्दामा अदालतले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।

शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले १५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रचण्डको नाममा आदेश जारी गरेको हो । अदालतमा आफैं उपस्थित भएर वा प्रतिनिधिमार्फत लिखित कारण पेश गर्न सक्नेछन् ।

तर निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । निवेदक गिरफ्तारी छानविन अघि बढाउनु पर्ने माग गर्दै अन्तरिम आदेश जारी गर्न माग गरेका थिए ।
हेर्नुहोस् सर्वोच्चको आदेश ः

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ५ : ११ बजे