मूलपानी क्रिकेट रंगशाला छिटो निर्माण गर्न प्रधानमन्त्रीलाई सोविताको आग्रह



काठमाडौं – काठमाडौं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सोविता गौतमले मूलपानी क्रिकेट रंगशाला निर्माणलाई तिब्रता दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेकी छन् ।

बालुवाटारमा शनिबार भएको भेटमा उनले मूलपानी क्रिकेट मैदानलाई छिटो पूरा गरेर अन्तराष्ट्रिय प्रतियोगिता खेल्न योग्य बनाउन अनुरोध गरेकी हुन् ।

‘देश क्रिकेटमय भएका बेला कम्तीमा एउटा क्रिकेट स्टेडियम तयार हुने चरणमा छ । त्यसलाई पूरा गर्नुपर्छ भनेर भेटेको हुँ’ उनले भनिन्, ‘पहिले मुआब्जाको समस्या थियो, बस्तीको समस्या थियो, अहिले सबै समाधान भएको छ, निर्माणको काम बाँकी छ ।’

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ६ : ३१ बजे