सिङ्गापुरमा लागुऔषध कारोबारमा संलग्न ४९ जना पक्राउ



सिङ्गापुर । सिङ्गापुरको सेन्ट्रल नार्कोटिक्स ब्युरोले लागुऔषध कारोबारको आशङ्कामा ४९ जनालाई पक्राउ गरेको छ । हालै गरेको अपरेसनमा सेन्टोसा टापुको एउटा होटेल भिलामा ती संदिग्धहरू पक्राउ परेका हुन् ।

ती ४९ संदिग्धहरू २१ देखि ४६ वर्ष उमेर समूहका छन् । जसमध्ये ३५ सिङ्गापुरीहरू रहेको बताइएको छ । कारबाहीका क्रममा ूएक्स्टेसीू र केटामाइन लगायतका नियन्त्रित लागुऔषध र लागुऔषध सामग्री बरामद गरिएको पनि बताइएको छ। यस बारे थप अनुसन्धान जारी छ ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  १२ : ५९ बजे