फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट पानी प्रवाह शुरु



नामी । चीन र कोरियाको चर्को विवादका बाबजुद जापानले फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट प्रशोधित रेडियोधर्मी पानी प्रशान्त महासागरमा प्रवाह गरेको छ ।

लगभग पाँच सय ४० वटा ओलम्पिक पौंडी पोखरीमा हुने बराबरको प्रशोधित पानी प्रशान्त महासागरमा आजदेखि प्रवाह गरिएको जनाउँदै जापानले त्यो सुरक्षित रहेको दाबी गरेको छ ।

सन् २०११ को सुनामीपछि बिग्रिएका आणविक रिएक्टरहरूलाई चिसो पार्न प्रयोग गरिएको उक्त परिमाणको सबै पानी समुद्रमा विसर्जन गर्न १७ दिन लाग्ने जापानी वैज्ञानिकहरूले बताएका छन् ।

अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएईए) को स्वीकृतिमा पानी प्रवाह गरिएको हो । आइएइएएका सुपरिवेक्षकहरू आणविक केन्द्रको जलप्रवाहस्थलमा बस्ने र उनीहरूले केन्द्रबाट महासागरमा प्रवाह भएको पानी र माछाको नमूना सङ्कलन गर्नेछन् ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहिबार  १२ : ५० बजे