हवाई डढेलोः तीन सय पचासी जना बेपत्ता



लस एन्जलस । अमेरिकाको हवाई राज्यको माउ टापुको जङ्गलमा लागेको आगलागीपछि तीन सय ८५ जना अझै बेपत्ता भएका छन् । माउ प्रहरी विभाग र अमेरिकी सङ्घीय अनुसन्धान ब्यूरोले शनिबार संयुक्तरुपमा एक विज्ञप्ति निकालेर उ्रक्त जानकारी दिएको हो ।

माउइ जङ्गलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा फैलदा त्यसमा परेर एक सय १५ जनाले ज्यान गुमाएका छन् । अधिकांशको मृत्यु माउइको समुद्री किनारको लहाइनमा गत साउन २३ गते लागेको डढेलोमा परेर भएको हो ।

प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिषाप बनेको छ । दशकौँपछि भएको यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् । सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ४ : १० बजे