श्रीलङ्कामा भारी बर्षाका कारण एकहत्तर हजारभन्दा बढी प्रभावित



कोलम्बो । श्रीलङ्कामा भारी बर्षाका कारण विभिन्न १३ जिल्लामा गरी ७१ हजारभन्दा बढी मानिसहरू प्रभावित भएको विपत ब्यवस्थापन केन्द्रले जनाएको छ ।

बाढीपहिरोका कारण तीन जनाको मृत्यु भएको समेत केन्द्रले जनाएको छ । दक्षिण पश्चिममा बढ्दो मनसुनको सक्रियताका कारण भारी बर्षा भएको केन्द्रले जनाएको छ ।

राष्ट्रिय भवन अनुसन्धान सङ्गठनका अनुसार बर्षाका कारण पहिरो जानसक्ने चेतावनीसम्बन्धी सूचनाको म्याद थप गरिएको छ ।

यसैबीच, आगामी ४८ घण्टामा पश्चिमी र दक्षिणी प्रदेशमा बर्षाको सम्भावना कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ४ : १४ बजे