बढ्यो सुनचाँदीको मुल्य



काठमाडौं, माघ ५ । साताको अन्तिम दिन नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्य बढेको छ।

शुक्रबार सुनमा प्रतितोला ५०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुनको मूल्य आज प्रतितोला एक लाख १८ हजार रुपैयाँ कायम भएको छ। यस अघि विहिबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार तेजाबी सुन आज प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँ कायम छ। यस अघि विहिबार तेजाबी सुन प्रतितोला एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी आज चाँदीको मूल्य भने आजको दिनमा प्रतितोला पाँच रुपैयाँले बढ्दै एक हजार ३९५ रुपैयाँ कायम छ। यस अघि चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  १२ : ४२ बजे