सेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौँ ७ माघ । साताको पहिलो कारोबारको दिन आज सेयर बजार दोहोरो अंकले घटेको छ। 

आइतबार २५.६३ अंकले घटेको सेयर बजार २१३०.१८विन्दुमा आएर बन्द भएको छ।

यसदिन ३०८ वटा कम्पनीको २ करोड २८ लाख २० हजार २७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रूपैयाँको कारोबार भएको छ।

यसदिन ६४ वटा कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १७७ कम्पनीको घटेको छ भने ६ कम्पनीको स्थिर छ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ३ : ३२ बजे