सुनको मुल्य आजपनि स्थिर, चाँदीको भने घट्यो



माघ ९, काठमाडौँ । साताको तेस्रो कारोबारको दिन आज (मंगलबार) पनि नेपाली बजारमा सुनको मूल्य स्थिर छ। 

लगातार आइतबार सोमबार र आज मंगलबार सुनको मुल्य स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको छ।

यता चाँदीको मुल्य भने प्रतितोला २० रूपैयाँ घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  १२ : ०२ बजे