नेप्से परिसूचकमा झिनो अंकको गिरावट



काठमाडौँ, माघ ९ । साताको तेस्रो कारोबारको दिन आज (मंगलबार) नेप्से परिसूचक झिनो अंकले घटेको छ।

मंगलबार ०.४० अंकले घटेको सेयर बजार २०९८.२९ विन्दुमा पुगेर बन्द भएको छ।

यसदिन ३१० कम्पनीको १ करोड १८ लाख १ हजार ३६० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७५१ रुपैयाँको कारोबार भएको छ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ४ : १६ बजे