सुनको आज पनि मूल्य स्थिर, चाँदीको बढ्यो



काठमाडौं । साताको चौथो दिन आज (बुधबार) पनि सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार योसहित लगातार चौथो दिन स्थिर कायम भएर कारोबारमा आएको हो।

लगातार चार दिनदेखि स्थिर कायम रहेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम छ।

यो साताको आइतबारदेखि नै यही मूल्यमा सुनको कारोबार भइरहेको छ। यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार तोलामा १० रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ पुगेको छ। हिजो चाँदीको मूल्य तोलामा १३ सय ७० रुपैयाँ कायम थियो।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ११ : ४५ बजे