नेपालद्वारा पाकिस्तान सामू १९८ रनको लक्ष्य प्रस्तुत



काठमाडौँ, माघ १० । यू१९ विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य दिएको छ।

समुह डी अन्तर्गतको खेलमा नेपालले पाकिस्तानविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा अल आउट हुँदै १९७ रन बनाएको हो। 

नेपालका लागि विपिन रावलले सर्बाधिक ३९ रन बनाएका थिए। त्यस्तै दीपक डुम्रेले २६ रन बनाए भने कप्तान देव खनालले २३ रन बनाएका थिए। त्यस्तै गुलशन झाले १८, दिपेश कँडेलले १३, सुबास भण्डारीले २० रन बनाएका थिए।  त्यस्तै अर्जुन कुमाल र आकाश त्रिपाठीले ६-६ रन बनाए भने उत्तम मगरले ४ तथा आकाश चन्दले अविजित १६ रन बनाएका थिए। 

यस खेलमा पाकिस्तानका बलरले २४ रन अतिरिक्त रन दिएका थिए।

बलिङतर्फ पाकिस्तानका अराफात मिनहासले सर्बाधिक ३ विकेट लिएका थिए भने अहमद हुसैन र उबैद शाहले २/२ विकेट लिएका थिए। त्यसैगरी खुबैब खलिल, मोहमद जीशान र अलि असफन्डले १/१ विकेट लिएका थिए।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ५ : ४६ बजे