सुनको मूल्य घट्यो, चाँदीको बढ्यो



काठमाडौँ, माघ ११ । साताको पाँचौँ दिन आज (बिहिवार)नेपाली बजारमा सुनको मूल्य घटेको छ।

सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार छापावाल सुन तोलाको एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। निरन्तर चार दिन स्थिर रहेर मूल्य घटेको हो। तेजाबी सुन तोलाको एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ। चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  १२ : ०२ बजे