सुनचाँदीको मुल्य स्थिर



काठमाडौँ, माघ १४ । साताको पहिलो दिन आज स्थानीय बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ। यो सँगै नेपाली बजारमा लगातार तेस्रो दिन पनि सुनचाँदीको मुल्य स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारदेखि छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, तेजाबी सुन पनि तीन दिनदेखि नै प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार हुँदै आएको छ।

आज चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी पनि बिहीबारदेखि नै यही मूल्यमा कारोबार हुँदै आएको छ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १२ : ४७ बजे