बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १५ माघ । शुक्रबारदेखि स्थिर रहेको सुनचाँदीको मूल्य आज बढेको छ।

आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आज, चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  १२ : ५३ बजे