नेप्से परिसूचक दोहोरो अंकले वृद्धि



काठमाडौँ, माघ १५ । साताको दोस्रो कारोबारको दिन आज सोमबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ।

सोमबार १०.२६ अंकले बढेको सेयर बजार २१०४.७२ विन्दुमा आएर बन्द भएको छ।

यसदिन ३११ कम्पनीको १ करोड २३ लाख २२ हजार ७०५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २३० रुपैयाँको कारोबार भएको छ।

यसदिन १५० कम्पनीको सेयर मूल्य बढ्दा ८६ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ३ : ३४ बजे