नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट



काठमाडौँ, माघ १७ । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

बुधबार २१.६७ अंकले घटेको सेयर बजार २०९७.९३ विन्दुमा आएर बन्द भएको छ।

यसदिन ३१३ कम्पनीको १ करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २९ करोड ५६ लाख ५ हजार ५७ रुपैयाँको कारोबार भएको छ।

यसदिन २९ कम्पनीको सेयर मूल्य बढ्दा २१५ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ४ : ३७ बजे