बढ्यो सुनको मूल्य



काठमाडौँ, माघ २४ । साताको चौथो दिन आज बुधबार सुनको मूल्य बढेको छ। 

नेपाल सुनचाँदसी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ६०० रुपैयाँ बढेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। 

बुधबार तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार मूल्य स्थिर रहँदै चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  १२ : ५८ बजे