नेप्से परिसूचक सामान्य अंकले वृद्धि



काठमाडौँ, माघ २५ । साताको अन्तिम कारोबारको दिन बिहिवार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।

बिहीबार ५.६८ अंकले बढेको सेयर बजार २०९६.३८ विन्दुमा पुगेर बन्द भएको छ।

यसदिन ३१७ कम्पनीको ९१ लाख ७१ हजार ७१० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड २२ लाख ८३ हजार ४५३ रुपैयाँको कारोबार भएको छ।

यसदिन १५७ कम्पनीको सेयरमूल्य बढ्दा ८२ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर छ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ५ : २७ बजे