सुनको मुल्य घट्यो, कतिमा हुँदैछ आजको कारोबार?



माघ २८ काठमाडौँ । साताको पहिलो कारोबारको दिन आज सुनको भाउ घटेको छ।

गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको हो।

आइतबार ५०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि गत शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५०० र तेजावी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो।

साथै गत शुक्रबारको तुलनामा आइतबार चाँदीको मुल्य भने स्थिर रहेको छ। गत शुक्रबार १ हजार ३९० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ११ : ५० बजे