घट्यो सुनचाँदी मूल्य



फागुन २ काठमाडौँ । साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य १ हजार २ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन १ हजार २ सय रुपैयाँ घटेर प्रतितोला एक लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि हिजो मंगलबार छापावाल सुन एक लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै बुधबार तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ९ सय ५० रुपैयाँमा कायम छ।

आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँ घटेको छ। चाँदी प्रतितोला एक हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो मंगलबार चाँदी प्रतितोला एक हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  २ : ५७ बजे