अति कम विकसित मुलुकमा स्तरोन्नतीमा सहयोग गर्न चिनियाँ उपमन्त्रीलाई प्रधानमन्त्रीको आग्रह

भिजिट ‘चीन २०२५’ मा भ्रमणका लागि चिनियाँ पक्षको आग्रह



काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारमा सोमबार भएको भेटमा उहाँहरूबिच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक सामाजिक विकासमा चीनले र्पुयाउँदै आएको सहयोगप्रति खुसी व्यक्त गर्नुभयो ।
उहाँले आगामी दिनमा नेपालले सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोन्निित हुने उद्देश्य राखेको उल्लेख गर्नुहुँदै त्यसलाई सफल तुल्याउनका लागि चीनको सहयोग आवश्यक पर्ने बताउनुभयो ।
जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुनले सन् २०२५ मा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७)औँ वर्षगाँठका अवसरमा नेपालको पर्यटन प्रवद्र्धन र चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यका साथ चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने निर्णय गरेको जानकारी गराउनुभयो ।

उहाँले नेपालको आर्थिक–सामाजिक विकासमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपविदेशमन्त्री सुन नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा भाग लिन आज नेपाल आउनुभएको हो ।
भेटमा नेपालका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा।रूपक सापकोटा, परराष्ट्र मन्त्रालयका अधिकारीहरूको उपस्थिति रहेको थियो । त्यसैगरी चीनका तर्फबाट नेपालस्थित चिनियाँ राजदूत छैन सङ अधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : ११ असार २०८१, सोमबार  ६ : ०९ बजे