मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु



काठमाडौं : मोरङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

लेटाङ नगरपालिका–९, हात्तीचोकस्थित भित्री सडकखण्डमा शुक्रबार राति करिब मे४प ७४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक झापाको घेराबारीका २७ वर्षीय कुमार नेपाली, मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका २५ वर्षीय सन्देश नेपाली र मोरङको पथरीशनिश्चरे गाउँपालिका–८ का ३२ वर्षीय अमर नेपाली घाइते भएका थिए । घाइतेलाई उपचारका निम्ति अस्पताल पठाइएको थियो । उपचारका क्रममा कुमार र सन्देशको मृत्यु भएको प्रहरीले जनाएको छ ।

“मोटरसाइकलमा सवार मोरङ पथरीशनिश्चरे गाउँपालिका–०८ का ३२ वर्षीय अमर नेपालीको न्युरो अस्पताल, विराटनगरमा उपचार भइरहेको छ,” प्रहरीले भनेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  १० : १५ बजे