आर्थिक बर्ष २०८२/८३ को पहिलो दिन आज शेयर बजारमा उछाल आएको छ । नेपाल स्टक एक्स्चेञ्जमा आवद्ध कम्पनीहरुको शेयर कारोबार मापक नेप्से आज ७५ दशमलव ८४ अंकले बढेर २ हजार ८ सय ७० दशमलव ६३ अंकमा पुगेको छ । यो हिजोको तुलनामा २ दशमलव ७१ प्रतिशतले बढी हो ।
बैकिङ, वित्त, जलविद्युत, बिमा लगायत सबै उपसमुहको उपसूचक बढेपछि समग्र बजार प्रभावित भएको हो । ट्रेड टावर लिमिटेड, शुभम पावर लिमिटेड, थ्री स्टार हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, बाराही हाइड्रो लगायत कम्पनीको आज सकारात्मक सर्किट लागेको छ ।
आज कुल ३ सय ११ कम्पनीको १ लाख ४१ ह्जार ४ सय ३४ कारोबारबाट १६ अर्ब ५९ करोड २१ लाख ५ हजार रुपैयाँ बराबरका ३ करोड ८६ लाख ३४ हजार ३ सय ५० कित्ता शेयर किनबेच भए ।



प्रतिक्रिया