शेयर बजारमा भारी गिरावट



शेयर बजारमा आज भारी अंकले गिरावट आएको छ । नेपाल स्टक एकस्चेञ्जमा आवद्ध कम्पनीहरुको शेयर कारोबारमापक नेप्से आज ४७ दशमलव ९३ अंकले घटेको छ । यो अघिल्लो दिनको तुलनामा १ दशमलव ५९ प्रतिशतले कम हो ।

आज ३ सय २७ कम्पनीको तीन करोड ६४ लाख १७ हजार ७४२ कित्ता सेयर एक लाख ४१ हजार ५२० पटक खरिदबिक्री हुॅदा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ रुपैयाॅ बराबरको कारोबार भएको हो ।

आजको कारोबारमा अन्य समूह शून्य दशमलव ८५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक र लघुवित्त समूहको उपसूचकमा उच्च गिरावट देखिएको छ ।

सान्भी इनर्जी लिमिटेड र ट्रेड टावर लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य आठ दशमलव चार प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ५ : २५ बजे