अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न मुलुकमाथि लगाएको १० देखि ४१ प्रतिशतसम्मको करवृद्धिसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । विभिन्न देश र आयातीत सामग्रीमाथि करवृद्धिको आदेशमा हस्ताक्षर गरेका हुन् ।
ट्रम्पले क्यानडाबाट आयात हुने निश्चित सामाग्रीमा पनि करवृद्धिको छुट्टै निर्णयमा हस्ताक्षर गरेका हुन् । बिहीबार जारी एक वक्तव्यमा, अमेरिकाले ६९ वटा व्यापारिक साझेदार राष्ट्रहरूको सूची सार्वजनिक गरेको छ र उनीहरूका सामानहरूमा लाग्ने “समायोजित“ शुल्क दरहरू बताइएको छ ।
अष्ट्रेलिया र बेलायतजस्ता अमेरिका प्रमुख व्यापारिक साझेदारहरूबाट निर्यात हुने सामानहरूमा अब १० प्रतिशतको आधारभूत शुल्क लाग्नेछ । अन्य देशहरूका लागि यो शुल्क दर १५ प्रतिशत वा सोभन्दा बढी हुन सक्छ ।
पूर्व राष्ट्रपति ट्रम्पले हृवाइट हाउसको वेबसाइटमा जारी वक्तव्यमा भनेका छन्, “हाम्रो दुईपक्षीय व्यापार सम्बन्धमा पारस्परिकता अझै पनि छैन, त्यसैले शुल्क पुनः लागू गर्नुपरेको हो ।“
घोषणा गरिएका अधिकांश शुल्क अगस्ट ७ देखि मात्र लागू हुनेछन् । क्यानडाका लागि भने यी शुल्कहरू अगस्ट १ देखि नै लागू भएका छन् ।



प्रतिक्रिया