माधव नेपालको पक्षमा राष्ट्रिय सहमतिको प्रयास हुने, कांग्रेसको दाउ बेग्लै

काठमाडौं– प्रमुख दलका शिर्ष नेताहरु राष्ट्रपति पदको साझा उम्मेदवार चयन गर्न आज निर्णायक वार्तामा जुट्दैछन् । राष्ट्रपतिका लागि भोलि उम्मेद्वारको मनोनयन हुँदैछ । विहीवार तीन दलको वैठकपछि प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रवार (आज) एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्ने बताएका थिए । त्यस अनुसार, आज ओली र प्रचण्डबीच भेटवार्ता हुँदैछ ।…