चिया बेचेर ६० हजार बचत गर्छिन् विपना

रेसुङ्गा – गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुग्नुभयो । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ ।        यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन् । उहाँले जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक रु ९० हजार कमाउँदै आउनुभएको छ ।         बिहान ६ देखि साँझ ७ बजेसम्म…