रिखार क्षेत्रमा जनैपूर्णिमा मेला

गलेश्वर । धौलागिरि हिमालको फेद । चारैतिर हरियाली भूगोल । अनकन्टार ठाउँमा ताल । तालको बीचमा डुङ्गा आकारको ढुङ्गामाथि निर्माण गरिएको प्राचीन शैलीको मन्दिर । वरिपरि खर्क र बुकीसहितको हिमाली दृश्य । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा धौलागिरि हिमालको फेदैमा अवस्थित सप्तऋषिको तपस्थली र ‘हिमालका देवता’को बासस्थान मानिएको प्रसिद्ध रिखार क्षेत्रको मनमोहक प्राकृतिक दृश्य हो यो…