रूसले क्रिमियामा ‘कम्ब्याट डल्फिनलाई प्रशिक्षण’ दिइरहेको बेलायतको दावी

लण्डन । बेलायती सेनाका जासुसहरूले युक्रेनी सेनाको सामना गर्न रूसले आफ्नो नियन्त्रणमा रहेको क्रिमियाली प्रायद्वीपमा लडाकू डल्फिनलाई प्रशिक्षण दिइरहेको बताएका छन् । गत वर्षदेखि सेवस्तोपोलमा रहेको ‘ब्ल्याक सी’ क्षेत्रको मुख्य आधारको सुरक्षामा रुसी नौसेनाले ठूलो लगानी गरेको बेलायती गुप्तचर सेवाले जनाएको हो । “यसमा बन्दरगाहको प्रवेशद्वारमा कम्तीमा चार तहको तारबार लगाइएको छ । हालैका हप्ताहरूमा,…