मोजाम्बिकका दुई तिहाइ नागरिकमा इन्टरनेटको पहुँच छैन: रिपोर्ट

मापुतो, मोजाम्बिक । मोजाम्बिकको कुल जनसङ्ख्याको दुई तिहाइ हिस्सा अर्थात् देशको दुई करोड २० लाखभन्दा बढी व्यक्ति इन्टरनेटको पहुँचमा नरहेको मोजाम्बिकको सञ्चारमाध्यम (एआईएम) ले बुधबार जनाएको छ । मोजाम्बिकको सञ्चार नियामक प्राधिकरण (आईएनसीएम) र राष्ट्रिय तथ्याङ्क कार्यालयले गत साता मोजाम्बिकमा दूरसञ्चार सेवाका प्रयोगकर्ताबारे सार्वजनिक गरेको सर्वेक्षणको नतिजालाई प्रतिवेदनमा उल्लेख गरिएको छ । सर्वेक्षणले मोजाम्बिकको कम…