तनाब कम गर्न चीनसँग वार्ता आवश्यक: अमेरिका

सिङ्गापुर । संयुक्त राज्य अमेरिकाले दुई महाशक्तिराष्ट्रबीच द्वन्द्व निम्त्याउन सक्ने ‘असमझदारी’ बाट बच्न चीनसँग वार्ता गर्नु ‘आवश्यक’ भएको बताएको छ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले सिंगापुरमा भएको रक्षा शिखर सम्मेलनको अवसरमा चिनियाँ समकक्षी ली शाङफुलाई भेटका लागि निमन्त्रणा गर्को तर बेइजिङले अस्वीकार गरेको पेन्टागनले बताएको छ । चिनियाँ प्रतिनिधिमण्डलका एक सदस्यले एएफपीसँग कुरा गर्दै आफ्ना…