युक्रेनका लागि लामो दूरीका हतियार आपूर्ति गर्न ईयूका बोरेलको आग्रह

स्टकहोम । युरोपेली सङ्घ (ईयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले रूसी आक्रमणको प्रतिकार गर्न युक्रेनलाई लामो दूरीका हतियार उपलब्ध गराउन युरोपेली राष्ट्रहरूलाई आह्वान गरेका छन् । “रूसीहरूले टाढाबाट बम बारी गरिरहेका छन्, त्यसैले युक्रेनीहरूसँग ’उही दूरी, उही दायरा’ मा पुग्न सक्ने क्षमता हुनुपर्दछ,” युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबासँग स्टकहोममा भएको भेटपछि बोरेलले भने । जर्मनीले…