म्यानमारमा विस्फाेट हुँदा ४६ जनाकाे मृत्यु

म्यानमारको विद्रोही समूहको नियन्त्रणमा रहेको क्षेत्रमा भएको भीषण विस्फोटमा कम्तीमा ४६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। उद्धारकर्मीहरूले बीबीसीलाई दिएको जानकारीअनुसार मृतकमध्ये एक वर्षे शिशुसहित ६ जना बालबालिका पनि रहेका छन्। चीनको सीमासँग जोडिएको शान राज्यको नामखाम टाउनसिपस्थित काउङ टाट गाउँमा आइतबार स्थानीय समयअनुसार दिउँसो करिब १२ बजे विस्फोट भएको थियो। विस्फोटका…