एमालेका कमिटी र जनसङ्गठनको लेखा परीक्षण अनुगमन हुने

नेकपा (एमाले) को केन्द्रीय लेखा आयोगले पार्टीको विधान र नियमावलीको व्यवस्थाविपरीत लेखा परीक्षण नगराई अधिवेशन परिषद् आयोजना गर्ने कमिटीलाई स्पष्टीकरण सोध्ने भएको छ । आयोगले त्यसरी आयोजना हुने कमिटीका अधिवेशन परिषद्लाई मान्यता नदिन पार्टीलाई अनुरोध गरेको छ । गत साता लुम्बिनीमा बसेको बैठकको निर्णयानुसार पार्टीलाई सो आग्रह गरिएको आयोगका अध्यक्ष डा पुष्पराज कँडेलले बताउनुभयो ।…