सत्तारूढ दलको बैठक : नागरिकता विधेयकलाई अगाडि बढाउने सहमति

काठमाडौँ, ८ असार (रासस) - सत्तारूढ दलको बैठकमा नागरिकता विधेयकलाई अगाडि बढाउने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारूढ दलको बैठकले नागरिकता विधेयक अगाडि बढाउने निर्णय गरेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयक अगाडि बढाउने प्रस्ताव गर्नुभएको थियो । “अहिले…