संविधान र कानुन शिरमा राखेर काम गर्छु : महान्यायाधिवक्ता बडाल

काठमाडौं – महान्यायाधिवक्ता रमेश बडालले संविधानको दायराअनुसार काम गर्ने बताउनुभएको छ । बिहीबार महान्यायाधिवक्ताको पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू र महान्यायाधिवक्ताको कार्यालयले संविधानले निर्धारण गरेको दायराअनुसार सबै कामहरु गर्ने बताउनुभयो । उहाँले शिरमा संविधान र कानुनलाई राखेर आफूहरुले काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले अभियोजन गर्दा दोषीलाई…