‘दिव्य शताब्दी पुरुष’ डा लाल दासलाई नागरिक अभिनन्दन

काठमाडौँ । दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लाल दासलाई आज नागरिक अभिनन्दन गरिएको छ । नेपालको चिकित्सा सेवा, नेपाल रेडक्रस सोसाइटी, मानव अधिकार, समाजसेवा, व्यवस्थापन, प्रशासन र सुशासनको क्षेत्रमा मुलुकलाई अतुलनीय योगदान पुर्‍याएकामा उनलाई नागरिकस्तरबाट अभिनन्दन गरिएको हो । मूल समारोह समितिले आज यहाँ आयोजना गरेको अभिनन्दन कार्यक्रममा समाजसेवी डा दासलाई कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री…