सरकार परिवर्तनले समृद्धिमा बाधा: मुख्यमन्त्री अधिकारी

लेखनाथ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिक अस्थिरता अन्त्य नगरेसम्म नेपालमा दीगो विकास र समृद्धि अगाडि बढ्न नसक्ने बताएका छन् । जिल्ला समन्वय समिति कास्कीको छौटौँ जिल्ला सभामा उनले लामो समयदेखि राजनीतिक अस्थिरता कायमै रहेका कारण नेपाल विकास निर्माण र समृद्धितर्फ अगाडि बढ्न नसकेको बताए । “राजनीतिक पार्टीबीचमा सत्ताका लागि खिचातानीका साथै संसद्मा…