जजिराको जहाजमा चरा ठोक्किएको आशङ्का, प्राविधिक निरीक्षण हुँदै

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको कुवेतको वायुसेवा कम्पनी जजिरा एयरवेजको जहाजमा आज बिहान १ः४५ बजे चरा ठोक्किएको आशङ्का गरिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख प्रवेश अधिकारीले अहिले सो जहाज उक्त विमानस्थलमा ग्राउण्डेड गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जहाज सकुशल अवतरण भएको छ, जहाजमा ‘बर्ड स्ट्राइक’ भएको छ, जहाजमा केही रगतका…