मुलुकको इज्जतका लागि तस्करी नियन्त्रण गर्नुपर्छः एमाले अध्यक्ष ओली

मोरङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको इज्जत जोगाउन तथा अर्थतन्त्र र आर्थिक उन्नतिका लागि तस्करी नियन्त्रण अति आवश्यक रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले तस्करीका कारण मुलुकको विकासमा बाधा उत्पन्न हुने भएकाले यसलाई अविलम्ब रोक्न माग गरे । पूर्वप्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र एमाले दुई ठूला…