यो साता लगातार बढिरहेको शेयर बजारमा आज पनि दोहोरो अंकको बृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ३४.४२ अंकले बढेर २६९४.८२ अंकमा पुगेको हो । कारोबार रकम पनि आज बढेर ९ अर्ब ७४ करोड ४८ लाख रुपैयाॅ पुगेको छ ।
सबै उपसमुह सकरात्मक बन्दा समग्र शेयर बजार नै प्रभावित भएको हो । आज ग्रिन डेभलोपमेन्ट बैंक र खानीखोला जलविद्युत आयोजनाले सकारात्मक सर्किट हानेका छन् ।
आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । कम्पनीको ५५ करोड ५३ लाख, साहस उर्जाको ४९ करोड ४१ लाख, सप्तकोशी डेभलोपमेन्ट बैंकको ३५ करोड र बुटवल पावरको २८ करोड ७५ लाख बढीको सेयर कारोबार भयो ।



प्रतिक्रिया